
काठमाडौं । सर्लाहीबाट काठमाडौं जाँदै गरेको बस त्रिशुलीमा खसेको छ । ना.६ ख ७५६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुलीमा खसेको हो ।
दुर्घटनामा ३ जनाको मृृत्यु भएको छ । १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बस अप्ठ्यारो ठाउँमा खसेको र डोरीको सहायतामा तल झरेर उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि बसमा सो भन्दा बढि यात्रीहरू रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।
यात्रुहरू मुडामा समेत बसेर यात्रारतः रहेकाले बसमा सवार यात्रु ३८ भन्दा बढि नै यात्रु हुनसक्ने अनुमान गरिएको छ । घटनाको पूर्ण विवरण आउन केहि समय लाग्ने छ ।









