सिन्धुली, रविन्द्र भट्टराई । सिन्धुलीमा श्राद्धको भोज खाँदा एकै गाउँका ४ परिवारका १८ जना विरामी परेका छन् । जिल्लाको दुधौली नगरपालिका ६ हर्षाही माझखर्कमा १८ आइतबार राति ४ परिवारका १८ जना विरामी परेका हुन् ।
स्थानिय डम्बर कुमारी दाहालको घरमा उनकै पति स्व. देव नारायण दाहालको पुण्य तिथिमा मासिक श्राद्धको भोज खाएका १८ जना बिरामी परेका हुन् । उनीहरुलाई गाउँकै एक घरमा सामूहिक रुपमै उपचार भईरहेको दुधौली नगरपालिका स्व।स्थ्य शाखा प्रमुख तिल्केश्वर यादवले जानकारी दिए । उनले फुड प्वाइजनबाट विरामी भएको हुन सक्ने आशंका गरिएको छ ।
विरामी हुनेहरुमा ४ घर परिवारका गिता दाहाल, सिता दाहाल, माधव दाहाल, भगवति पौडेल, यसोदा दाहाल, सुस्मिता दाहाल, सन्तोस दाहाल, जिवन दाहाल, हरी दाहाल, सन्जीव दाहाल, सर्मिला दाहाल, विष्णु दाहाल, भक्त कुमारी खत्रि, गोविन्द भट्टराई, कौसल भट्टराई, लाल वहादुर भट्टराई, झनक प्रसाद अधिकारी र ललिता पाहाडी विरामी परेका हुन् । उनीहरुलाई चक्कर लाग्ने, बान्ता हुने, झाडापखाला लाग्ने लगायत लक्षण देखा परेको छ । विरामीहरुको नगरपालिकाको सहयोगमा उपचार भैईरहेको छ ।









