उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट स्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले संसारकै अति दुर्भल प्रसुति गराउन सफल भएको छ । कम उचाई भएकी त्रियुगा नगरपालिका ६ की २६ वर्षिय युवती विमला चौधरीको दोस्रो सन्तान नर्मल प्रसूति गराउन सफल भएको हो ।
करिव ४ फिट उचाई भएकी चौधरीको पहिलो सन्तान २ वर्ष अगाडी जिल्ला अस्पताल गाईघाटमा अप्रेशन गरेर निकालिए पनि दोस्रो सन्तान ४ केजी ५ सय ग्राम तौल भएको बच्चा सिभिल हस्पिटलका स्त्री तथा प्रसूति विशेषज्ञ डा. अजिजको टोलीले नर्मल प्रसूति गराउन सफल भएको हो ।
पहिलो बच्चा अप्रेशन गरेर निकालेपछि संंसारमा कमै मात्रैले दोस्रो बच्चा नर्मल प्रसूति गराउन सल्लाह दिन्छ डा. अजिजले भने, ‘यो एकदमै रिस्की हो, कुनै कारण बच्चा जन्माउन नसके महिलाको पाठेघर च्यातिने डर हुन्छ, त्यसो भए महिला र बच्चा दुवै मर्ने डर हुन्छ । तर, मैले रिक्स लिएर यो बच्चा जन्माउन महिलालाई आग्रह गरेको थिए । सफल पनि भयो ।’ कथाकदाचित महिलाको पाठेघर च्यातिएपनि आमा र बच्चा दुवैलाई बचाउन सक्थे डा. अजिजले भने, ‘त्यसको लागि अप्रेशन कक्ष तयारी अवस्थामा राखेको थिए ।’
चितवन मेडिकल कलेज चितवनमा कार्यरत ग्योनोक्लोजिष्ट डा. प्रेक्षा सिंहका अनुसार कम उचाई भएको महिलाको नर्मल प्रसूति गराउन धेरै गाह्रो हुन्छ, त्यसमा पनि पहिलो बच्चा अप्रेशन गरेर निकालेपछि दोस्रो बच्चा अप्रेशन गरेरै निकाल्नु पर्ने हुन्छ । उनले भनिन्, ‘डा. अजिजको टोलीले कम उचाई भएकी महिलाको त्यसमा पनि ४ केजी ५ सय ग्रामको बच्चा विना अप्रेशन प्रसूति गराउनु भनेको चमतकार जस्तै हो ।’ उनले भने, ‘पहिलो सन्तान अप्रेशन गरेर निकालेपछि दोस्रो सन्तान विना अप्रेसन गरेर जन्माउनु भनेको संसारमा कमै मात्रै डाक्टरले गराउन कोशिश गर्छन ।’
पहिलो बच्चा अप्रेशन गरेर निकालेपछि दोस्रो बच्चालाई पनि अप्रेशन गर्नु पर्ने हुन्छ तर, डा. अजिजको टोलीले दोस्रो बच्चालाई नर्मल प्रसूति गराउन सफल भएको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरका संचालक डा. संजय कुमार साह बताउँछन् । उनले भने, ‘हामीले बढी भन्दा बढी नर्मल प्रसूति गराउन खोज्छौं नभए अप्रेशन गर्नु परे अप्रेशन गरिन्छ ।’ उनका अनुसार हाडजोर्नी, एपेन्डिक्स साइटिस लगायत अप्रेशन गर्ने गरेको बताए ।
उनले भने, ‘म आफै हाडजोर्नी तथा नसा सम्बन्धीको धेरै केशहरु विराटनगरमा हुँदा हेरेको थिए । ति विरामीहरु विराटनगर र धरानमा उपचार गराउन छोडेर अहिले यस हस्पिटलमा मलाई खोज्दै आएको छ ।’
विमलाकी श्रीमान शंकर चौधरीका अनुसार आमा र बच्चाको अवस्था अहिले ठिक छ, कुनै समस्या नरहेको बताए ।

तपाईको प्रतिक्रिया