उदयपुर । नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका अध्यक्ष विक्रम लुईटेलले उदयपुरबाट प्रकाशित पूर्णपुष्टि साप्ताहिकको नयाँ कार्यालय र अनलाईनको उद्घाटन शुक्रबार गरेका छन् ।
एक विशेष कार्यक्रमकाबीच अध्यक्ष लुईटेलले रिबन काटेर पूर्णपुष्टिको नयाँ कार्यालय उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले पूर्णपुष्टिको नयाँ लोगो पनि सार्बजनिक गरेको थियो । साथै डब्लुडब्लुडट पूर्णपुष्टि डटकम क्लिक गरी अनलाईनको विमोचन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुइटेलले फेसबुक लगायतका सामाजिक सञ्जालले गर्दा सूचनाको विश्वसनीयातालाई कमजोर बनाएको दाबी गरे । उनले केही युटुवरहरुले गर्दा समाजका तथ्य परक सन्देश भन्दा बढी हिंसात्मक सन्देश दिने गरेको, समाज छाडापन तर्फ लागेको बताए । समाचार अपडेट प्रतिस्पर्धाले पत्रकारिता तथ्यपरकभन्दा बाहिर जाँने गरेको बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईको विशेष आतिथ्यमा भएको कार्यक्रममा पूर्णपुष्टि मिडियाले खबर तथा सूचना, सन्देश प्रवाह गरेर समाजका लागि गरेको योगदानको चर्चा गरिएको थियो । १४ वर्षे यात्रामा रहेको पूर्णपुष्टिले कार्यालय व्यवस्थित पार्नुका साथै संस्थागत विकासमा जोड दिएकोले आगामी दिनमा अझ बढि समाजमा योगदान दिनसक्ने भन्दै साथ, सहयोग दिने प्रतिबद्धता वक्ताहरुले राखेका थिए । 
अतिथि प्रजिअ धु्रब बहादुर खड्का, पत्रकार महासंघ १ नं. प्रदेशका महासचिव विवेक गौतम, बरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल कम्यूनिष्ट पार्टी उदयपुरका नेता परमेश्वर घिमिरे, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश रसाईली, गैर सरकारी संस्था महासंघ केन्द्रिय सदस्य महेश्वरी राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतले मन्तब्य राख्दै पूर्णपुष्टिको संस्थागत विकासमा आ आप्mना क्षेत्रबाट सहयोग गर्ने बताए । उनीहरुले मिडियाले मर्यादीत भई समाजप्रति उत्तरदायि र जिम्मेवारी हुनुपर्नेमा जोड दिदै प्रभावकारी खबर, सूचना र सन्देश प्रभाहका लागि शुभकामना दिए ।









