उदयपुर । उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा साना ठूला दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्क अनुसार १२ महिनामा एक सय बढी साना ठूला दुर्घटनामा परी ४२ जनाको ज्यान गएको देखिन्छ । जसमा पुरुष ३६ जना, महिला ४ जना र बालक २ जनाको ज्यान गएको थियो । यस्तै ८५ जना गम्भिर र ९३ जना सामान्य घाइते भएका थिए । दुर्घटनामा पुरुष ५० जना, महिला १७ जना र बालक र बालिका ८–८ जना गम्भिर घाइते भएका थिए । यस्तै सामान्य घाइते मध्ये पुरुष ७१ जना, महिला ३८ जना, बालक १७ जना र बालिका १९ जना सामान्य घाइते भएका थिए ।
यस्तै आर्थिक वर्ष ०७४÷७५ मा सवारी दुर्घटनामा परी ३५ जनाको ज्यान गएको थियो भने ८६ जना गम्भिर घाइते र ६७ जना सामान्य घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका इन्चार्ज दिनेश कुमार चौधरीका अनुसार क्षमता भन्दा बढी यात्रु बोक्ने, तिव्र गति र मादक पदार्थ सेवनले दुर्घटना बढेको बताए ।
बाटोघाटोको अवस्था हेरेर सवारी चलाउनेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपनि चालक र सहचालकको लापरबाहीले पनि दुर्घटना निम्तिएको पाइन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार हरेक वर्ष यातायात दुर्घटनाको संख्या बढी रहेको छ । दुर्घटनाको मुख्य कारण ट्राफिक नियम पालना नगरेर सवारी चलाउने, सवारी साधनको बढ्दो चाप तथा ट्रयाक नखुल्दै सवारी चलाउन खोज्दा दुर्घटना बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दिनेश कुमार चौधरीले बताउँछन् ।

 

 

फाइल तस्विर

 

तपाईको प्रतिक्रिया