उदयपुर । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय मनकुमार तामाङ मनन कन्ट्रसनका क्रसर उद्योगमा चौकीदारका रुपमा कार्यरत थिए । क्रसर उद्योग लामा खोला र काली खोलाको संगममा राखिएको छ ।
कन्ट्रसन परिसरमा शनिबार बाढीले ढाक्यो । क्रसर मेशिनसहित सबै निर्माण सामाग्री डुब्यो । अकस्मात् ठूलो बाढी आएपछि कन्ट्रसनमा कार्यरत अन्य कामदार जिउ बनाउन सुरक्षित स्थानतिर लागे । कन्ट्रसनमा कुकुर समेत पालिएको थियो । बाढीले कुकुर बगाउन लागेपछि मनकुमार हतपत त्यसलाई समाउन पुगे । अफशोच न कुकुर बच्यो नत मनकुमार ।
कुकुर बचाउन बाढीमा पसेका मनकुमारले अनाहकमा जीवन गुमाए । मनकुमारको कुकुर बचाउन लाग्दा बगेर मृत्यु भएको छ । शनिबार बगेका उनको शव आइतबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक तामाङको सब पोष्ट मार्टमका लागि धरानस्थित बिपि कोईलारा स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा पठाईएको छ ।
यस्तै बेलका नगरपालिका–१ को आम्बासी नजिक त्रियुगा नदीले बाँध फुटाएर गाउँमा पसेको थियो । पानीको बहाव सुक्दै गएपछि सोही वडामा तारा श्रेष्ठको खेतमा पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन् ।









