उदयपुर । उदयपुरमा गर्मी बढे सँगै सपको बिगबिगी बढेको छ । केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका बिरामी पनि ह्वात्तै बढेका छन ।
कटारी नगरपालिकाले कोही पनि मानिस सर्पको टोकाईबाट ज्यान गुमाउनु नपरोस भनेर सर्प दंश उपचारको लागि ताराघारी आर्मी ब्यारेक र रण शार्दूल गण बेलस्रोतलाई सर्प दंश उपचारका लागि आवश्यक ३३ प्रकारका औषधिको साथै अक्सिजन सिलिन्डर लगायत ११ प्रकारका उपकरणहरु वितरण गरेको छ । सर्प दंश उपचारका लागि साढे चार लाख बराबरको औषधि र उपकरण हरस्तान्तरण गरिएको कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । सर्पको टोकाईबाट कसैको अनहाकमा ज्यान नजावोस भनेर सर्प दंशको औषधि र आवश्यक उपकरणहरु नगरपालिकाले ताराघारी आर्मी ब्यारेक र रण शार्दूल गण बेलस्रोतलाई सहयोग गरेको प्रमुख श्रेष्ठले बताए ।
कटारी नगरपालिका ३ स्थित ताराघारी आर्मी ब्यारेक र रण शार्दूल गण बेलस्रोतमा दैनिक करिव ५ जना सर्पले टोकेका बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।
ताराघारी आर्मी ब्यारेकमा ओखलढुङ्गा, सिन्धुलीको जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया