उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाको गुराँसेमा आइतबार राति साढे नौ बजे पहिरो गएर छौडिया खोला थुनिएको छ । पहिरोमा पुरिएर अर्जुन तामाङको ९ वर्षिय छोरा वेपत्ता भएको छ भने श्रीमति घाइते भएका छन् ।
तामाङको पहिरोले घर बगाउनुको साथै गाई, सुगुर लगायतको बगाएको छ । छौडिया खोला थुनिएको आशंका गरिएको छ । थुनिएको खोला खोलिएमा रौतामाई गाउँपालिकाको मुख्य बजार मुर्कुचीका व्यवसायी, स्थानीयहरु घर छोडेर सुरक्षित स्थान तिर लागेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए । स्रोतका अनुसार मुर्कुची बस पार्कमा रहेको एउटा गाडी बगाएको छ ।
छौडिया खोला थुनिए नथुनिएको थप विवरण आउन बाँकी रहेको छ । स्थानीयहरुले उद्धारमा जुटेको पालिका अध्यक्ष खड्काले जानकारी दिए । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।









