उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ दनुवारबेसीस्थित तिनटाट्ने पाखो खसेर थुनिएको बैद्यनाथ खोला फुट्दा तल्लो तटिय क्षेत्रलाई ठूलो असर गरेको छ । शनिबार विहान १० बजेबाट थुनिएको खोला आइतबार विहान ५ बजे फुटेको स्थानीयले जानकारी गराएको छ ।
खोला थुनिदा कुडिया, भकुन्डेचौरी, जगरेटार लगायतका दुई दर्जन घर डुवानमा परेको थियो । खोला थुनिएपछि कुडिया र भकुन्डेचौरी, जगरेटारसम्म आईसकेको थियो । खोला फुटेर कटारी नगरपालिकाका दर्जनौं बस्ती बगाउने अनुमान गरिएको छ । थुनिएको ठाउँभन्दा तल्लो भेगमा रहेका गोहिया, बकपति, लामिदुवाली, सोमबारे बजार, रिस्कु लगायतका स्थानमा क्षति गरेको छ । सयौं बिघा खेती योग्य जमिनमा खोला कुदेको छ । बिजुलीका पोलहरु सबै बगाएर लगेको छ ।
विस्फोटक पदार्थ सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका टोली शनिबार राति १० बजे घटनास्थल पुगेको थियो । खोला विस्फोट गराएर फुटाएको वा आफै फुटेको सो बारे पूर्ण जानकारी प्राप्त भएको छैन् । प्रशासनले नदी छेउछाउका बासिन्दाहरुलाई सुरक्षित रहन अनुरोध गरेको छ । खोला बारे थप विवरण आउँन बाँकी छ ।

भिडियो

हिजो देखि नेपालटारमा थुनिएको बैजनाथ खोला आज बिहान करिब 5:00 बजे खुल्दा रिस्कू क्षेत्रमा धेरै क्षेती गरेको छ सयौं बिघा खेती योग्य जमिनमा खोला कुदेको छ सोमबारे बजार जलमग्नछ बिजुलिका पोलहरु सबै बगाएर लग्यो अझै धेरै क्षेति हुन सक्छ सचेत रहन सबैमा सुचित गरिन्छ ।

Posted by इश्वर पोखरेल on Saturday, 13 July 2019

तपाईको प्रतिक्रिया