राजेन्द्र महतो, लहान । सिरहाको बरियारपट्टी गाउँपालिका ३ हबल्दार चौकबाट सिटी रिक्सा चेकजाँचको क्रममा लागूऔषध सहित उदयपुरका एक युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले भारतको लदनियाबाट जिरोमाईल जानेक्रममा उदयपुर त्रियुगा नगरपालिका १० का २० वर्षिय खेमराज विकलाई पक्राउ परेको छ ।
विकको साथबाट डाइजापाम ८ एम्पुल, फेनरागन ९ एम्पुल, नरफिन ९ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले जानकारी दिएका छन् । पक्राउ परेका विकलाई आवश्य कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया