राजेन्द्र महतो, लहान । सिरहाको गोलबजार नगरपालिका ५ बाट प्रहरीले ठूलो परिणाममा ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका ५ बस्ने २५ वर्षिय बलिराम महत्तोको साथबाट ६ केजी ३ सय ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । उनको साथबाट नगद २२ हजार ८ सय १० रुपैया र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महतोलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया