भुल्केमा सबैको स्वास्थ्य जाँच गरिँदै, संक्रमित सप्तरीका मस्जिद चहार्दै उदयपुर
उदयपुर । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका ११ भारतीय र एक नेपालीमा कोरोना संक्रमित देखिएपछि करिव ६ सय जनाको परीक्षण गरिँदै छ । अघिल्लो साँझदेखि सिल गरिएको मस्जिद क्षेत्रसहित भुल्केका सबैको स्वास्थ्य परीक्षण गरिने भएको छ ।विराटनगरबाट थप स्वास्थ्यकर्मी झिकाएर भुल्केबासी ६ सय जनाको परीक्षण गर्न लागिएको जिल्ला स्वास्थ्य अधिकृत मोहन सुबेदीले बताए । गाईघाटका २ जना मात्र ल्याव टेक्निसिएनले नभ्या...









