राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिकाले राहतमा बितरण गरिएको कुहिएको चामल र आलुको बिषयमा अख्यिार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले छानविन शुरु गरेको छ ।
नगरपालिकाले स्थानीय गरिव तथा विपन्न वर्गका परिवारलाई कुहिएको चामल वितरण गरेको तथ्य बाहिरिएपछि अख्तियारले छानबिन प्रक्रिया शुरु गरेको हो ।
अख्तियारको टोलीले नगरपालिकाका केही वडामार्फत वितरण गरेको चामलको नमुना र राहत साम्रगी खरिद सम्बन्धि आवश्यक कागजातहरु नियन्त्रणमा लिएको आयोगका उप– सचिव मनिराम ज्ञवालीले जानकारी दिए ।
राहत वितरण गर्न नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) अञ्चल कार्यालयबाट चामल खरिद गरेको थियो ।









