उदयपुर । उदयपुरमा थप एक जनामा कोरोना भाइरस संक्रमित फेला परेको छ । ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित व्यक्ति उपदयुरको भुल्के स्थित मस्जितमा रहेका १६ जनाको समूहकै एक व्यक्ति हुन् । उनी भारतीय नागरिक भएको बुझिएको छ ।शुक्रबार सो मस्जितमा लुकेर बसेका भारतीय र केही नेपालीको परीक्षण गर्दा १२ जनामा संक्रमण भएको पाइएको थियो । उनीहरुलाई अहिले विराटनगरको कोरोना विशेष अस्पतालमा राखिएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले शुक्रबार कै समूहमा रहेका थप एक जनामा कोरोना संक्रमण भएको पुष्टी गरे । संक्रमित बारे जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले पुष्टी गरेको छ । उनको शनिबार विराटनगरको कोशी अस्पतालको ल्यावमा परीक्षण गरिएको थियो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २ जना भने निको भएका छन् ।

तपाईको प्रतिक्रिया