उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा ११ महिलासहित १०० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सय ३५ जना मध्ये एक सय जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
रिपोर्टमा र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत ५७ जना र पिसिआर (स्वाब नमूना संकलन) विधिद्वारा ४३ जनामा कोरोना नेगेटिभ देखिएको छ । जसमा आरडिटी मार्फत चार महिला र पिसिआर मार्फत ७ महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।
जाँच गरिएको मध्ये त्रियुगा नगरपालिकाको ४१ जना, चौदण्डीगढी नगरपालिकाको ११ जना, रौतामाई गाउँपालिकाको ८ जना, कटारी नगरपालिकाको २६ जना, बेलका नगरपालिकाको १० जना र लिम्चुङबुङ गाउँपालिकाको ४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
पिसिआर विधिद्वारा ३५ जनामध्ये त्रियुगा नगरपालिकाबाट १२ भारतीय सहित २५ जना, चौदण्डीगढी नगरपालिकाबाट २ जना, रौतामाई गाउँपालिकाबाट ५ जना र बेलका नगरपालिकाबाट ३ जनाको रिपोर्ट आई नपुगेको जनस्वास्थ्य अधिकृत सुवेदीले जानकारी दिए । यस्तै पिसिआर र आरडिटी विधिबाट ३४ जनाको चेकजाँच गरिएकोमा १० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
आरडिटी प्रविधि विश्वमा भरपर्दो नभएको बताईरहेको अवस्थामा नेपालमा यस प्रविधिमार्फत प्रारम्भिक कोरोना परीक्षण गरिरहेको छ ।
अहिलेपनि विभिन्न क्वारेन्टाइनमा ८० जना रहेको छ भने ३० जना घर फर्किएका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्तामा थप २५ बेडको क्वारेन्टाइन निर्माण गर्दै जिल्लामा ४ सय पाँच क्वारेन्टाइन बेड पुगेको छ ।









