उदयपुर । शनिबार विहानै देखि त्रियुगा नगरपालिका–३ का भुल्के स्थित भूल्के गाउँलाई उच्च सुरक्षा घेरा भत्र राखिएको छ । सोही मस्जिदमा रहेको ११ भारतियसहित १६ जनाको कोरोना परिक्षणमा ११ भारतीय र एक नेपालीको रिर्पोट पोजेटिभ आएपछि गाउँलाई सुरक्षा घेरा भित्र राखिएको हो ।
उनीहरुको गत मंगलबार स्वव नमुना संकलन गरी परिक्षणका लागी कोशी अस्पताल विराटनगर पठाएको थियो । परिक्षणबाट शुक्रबार आएको रिर्पोटमा १२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएपछि उच्च सर्तकता अपनाउँदै अहिले गाउँलाई सुरक्षा घेरा भित्र राखिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए ।
उक्त गाउँ प्रवेश र आवतजावतमा प्रर्ण रोक लगाईएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गाउँलाई सुरक्षा घेरा भित्र राखेको छ ।
अहिले कोरोना संक्रमित बस्ती उच्च सुरक्षा घेरभित्र राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । ‘आउजाउ नरोक्ने हो भने, संक्रमण फैलनेसक्ने सम्भावना छ, त्यसैले बस्तीमा सुरक्षा व्यवस्था कडा पारेका हौँ’ उनले भने । स्थानीयलाई घरबाट वाहिर निस्कन दिइएको छैन ।
उनीहरु गाउँभरि हिडेकाले थप व्यक्तिलाई पनि संक्रमण भएको हुनसक्ने अनुमानले बस्तीलाई सुरक्षा घेरामा राखेको एसपी मगरले बताए ।
यस्तै त्रियुगा नगरपालिका वडा नं. २ का १२ वटा टोल विकास संस्थाहरुले पूर्वमा कङ्ग खोला, पश्चिममा लुहाले खोला, मोथियाही लगायतका क्षेत्रमा गाउँले आफैले सिल गरेको छ । गाउँलेहरु आफैले नियम बनाएर अतिआवश्कीय सवारी साधनबाहेक अन्य मानिस समेतलाई आवतजावतमा रोक लगाईएको वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए । उनका अनुसार प्रशासनलाई मोथियाहीको मस्जिद्मा पनि भारतीयहरु बसेको बारेमा जानकारी गराउँदा समेत बेवास्ता गरेको बताए । उनका अनुसार भारतीयहरुमा कोरोना पोजिटिभ देखिएपछि मोथियाहीका दुई चार जना पनि भागेको वडाध्यक्ष खत्रीले बताए । उनका अनुसार प्रशासनलाई मोथियाही मस्जिद् सिल गर्न अनुरोध गर्दा पनि प्रमुख जिल्ला अधिकारीले खासै वास्ता नगरेले गाउँ नै त्रसित भएको बताए । उनका अनुसार मोथियाही मस्जिदमा रहेकाहरुलाई अविलम्ब कोरोना परीक्षण गर्न आग्रह गरेको बताए पनि अहिलेसम्म कोही आई नपुगेको बताए ।
भुल्के गाउँका सवैको स्वास्थ्य परिक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन प्रसदा सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा जहाँ जहाँ संक्रमित पुगेका थिए त्यहाँ त्यहाँका बस्तीमा कोरोना परीक्षण गरिने बताए ।
संक्रमित फेला परेको दिनदेखि नै सुरक्षा व्यवस्था कडा पारेको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए । उनले भने, ‘आएका व्यक्ति कहाँ–कहाँ गए, कस–कसलाई भेटे, उनीहरुलाई भेट्न मस्जिदमा को–को पुगे त्यस विषयमा गहिरो अध्ययन भइरहेको छ ।’ उनीहरु गएको ठाउँ र भेट गरेका व्यक्तिको पहिचान हुने काम भइरेको भट्टराईले जानकारी दिए ।









