उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण भएको पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । गत मंलबार १२ भारतीय सहित १६ जनाको पिसिआर थ्रोट स्वाब नमूना संकलन गरेर विराटनगर पठाईएको मध्ये १२ जनामा कोरोना संक्रमण भएपछि थप परिक्षणको लागि टेकु पठाईएको थियो ।

उदयपुरका मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमणको आशंका

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उदयपुरका १२ जनामध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको जनाएको छ । रिपोर्ट पोजिटिभ आउनेहरुमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षियको रिपोर्ट पोजिटिभ आएको छ । यस्तै चितवनका दुई जनाको रिपोर्ट पनि पोजिटिभ आएको छ । उनीहरु २७ र ६३ वर्षिय हुन् ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया