उदयपुरको कोरोना संक्रमित क्षेत्र भुल्केको २० जनाको पीसिआर रिपोर्ट ‘नेगेटिभ’
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा एकै पल्ट १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रदेश सरकारले बैशाख ६ गते ६९ जनाको थ्रोट स्वाब नमूना संकलन गरेको थियो । संकलित नमूना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्यको रिपोर्ट आउन बाँकी रहेको छ ।
संकलित ६९ जनाको स्वाब नमूना मध्ये कोसी अस्पताल विराटनगरको ल्याबमा जारी परीक्षणका क्रममा २० जना रिपोर्ट नेगेटिभ आएको जनाइएको ...











