उदयपुरमा अटो चालक नै संक्रमित देखिएपछि, चढ्नेहरु पनि चिन्तित
उदयपुर । उदयपुरमा एक अटो चालक पनि कोरोना संक्रमित भएको छ । उनी विदेशबाट आएर अटो चलाउँदै आएका थिए । एकै परिवारका पाँच जनामा पनि कोरोना संक्रमण देखिएकोमा उनी अटो चालक पनि पर्दछ ।
अटो चालक सहित उनका १८ वर्ष छोरा समेत कोरोना संक्रमित भएका छन् । यस्तै संक्रमितका ज्वाई ४१ वर्षिय, ज्वाईका जेठो छोरा १८ वर्षिय, बहिनी ३६ वर्षिय पनि संक्रमित भएका छन् । बहिनी ज्वाई गाईघाटमा बस्दै आएका थिए । लकडाउनमा मात्रै भ...









