उदयपुर । उदयपुरमा एक अटो चालक पनि कोरोना संक्रमित भएको छ । उनी विदेशबाट आएर अटो चलाउँदै आएका थिए । एकै परिवारका पाँच जनामा पनि कोरोना संक्रमण देखिएकोमा उनी अटो चालक पनि पर्दछ ।
अटो चालक सहित उनका १८ वर्ष छोरा समेत कोरोना संक्रमित भएका छन् । यस्तै संक्रमितका ज्वाई ४१ वर्षिय, ज्वाईका जेठो छोरा १८ वर्षिय, बहिनी ३६ वर्षिय पनि संक्रमित भएका छन् । बहिनी ज्वाई गाईघाटमा बस्दै आएका थिए । लकडाउनमा मात्रै भुल्के गएका थिए ।
उनको अटो भुल्के, मोतिगडा, गाईघाट, सोनुवा, मोथियाही लगायतका ठाउँमा बढी संचालनमा रहेका थिए । उनको अटो चढ्ने स्थानीयहरु पनि चिन्तित हुनुको साथै त्रियुगा नगरपालिकामा चल्ने तथा उनको सम्पर्कमा आएका करिव पाँच सय अन्य अटो चालक पनि चिन्तित भएको सिटी सफारी तथा अटो व्यवसायी संघका अध्यक्ष जयप्रसाद आचार्यले बताए ।









