उदयपुर । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४१ पुगेको छ ।
उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।
यस विषयमा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. अशोक अयरका अनुसार वास्तविक रिपोर्ट भोली विहान ५ बजे आउने बताएका छन् । उनका अनुसार उनीहरुलाई कोशी अस्पताल विराटनगर पठाईएको छ ।
यस्तै नेपाली सेना छाउनी अस्पताल काठमाडौंले स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको स्रोतले जनाएको छ ।
संक्रमित पुष्टि भएका ९ जनाको थप विवरण आउन बाँकी छ ।
यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यस अघि ११ जना भारतीय र २ जना नेपालीमा पनि कोरोना संक्रमण भएर कोशी अस्पताल विराटनगरमा उपचार गराई रहेका छन् ।









