काठमाडौँ । नेपालमा आज थप ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
संक्रमित हुनेमा २४, ६० र ७२ बर्षका पुरुषहरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ भने त्यसमध्ये सात जना निको भएर फर्किएका छन्।
मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।









