उदयपुर । उदयपुरमा थप अर्को एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।यसअघि उदयपुरको त्रियुगा नगरपालिका ३ नुरी मस्जिदमा बसेका ११ भारतीय र २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ । भुल्केमा अहिलेसम्म ३ सय २१ जनाको स्वाब परीक्षण गरेको छ । कोशी अस्पतालले संकलन गरेको ८ जनामा पनि पीसिआर पोजिटिभ देखिएपछि थप परीक्षणको लागि विपी कोइराला विज्ञान प्रष्ठिान धरान पठाईको छ । त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार

उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना संक्रमणको आशंका, पुनः परीक्षणका लागि धरान लगियो

तपाईको प्रतिक्रिया