त्रियुगा नगरपालिकामा बहुला कुकुरको आतंक, दुई दिनमा २७ जनालाई टोक्यो
सुखिलाल चौधरी, उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा दुई दिनयता बहुला कुकुरको आतंक मच्चिएको छ । नगर क्षेत्रका विभिन्न स्थानमा बुधबार ८ जना र विहिबार १९ जना गरी २७ जना भन्दा बढीलाई बहुला कुकरले टोकेको जिल्ला अस्पताल उदयपुरको आकस्मिक कक्षले जनाएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार बहुला कुकुरको टोकाईबाट सकलदेव दास, रामेश्वर दाहाल, शान्ति राई, पवित्रा पौडेल र अम्विका पौडल गम्भिर घाइते भएका ...












