डिएन चौधरी, उदयपुर, त्रियुगा नगरपालिका वडा नं. ८ र ९ को विचमा बग्ने सरस्वती खोलाको गिट्टी बालुवा अवैध रुपमा उत्खन्न गर्दा उत्तर टोल देउरी गाउँ नै जोखिममा परेका छन् । बैकल्पिक राजमार्ग निर्माण कम्पनी जेडआईइसी लामा एण्ड शर्मा जे.भि.ले अवैध रुपमा सरस्वती खोलाको गिट्टी बालुवा उत्खन्न गर्दा गाउँ नै जोखिममा पर्दै आएको छ ।
गत वर्ष पनि सोही जेडआईइसी लामा एण्ड शर्मा जे.भि. ठेक्केदार कम्पनीले अवैध खोला दोहनले गर्दा उत्तर टोल देउरी गाउँ नै जोखिममा पर्ने गरेको छ भने अर्कोतर्फ डुवानको समस्या आउने गरेको छ ।
खोला दोहनले नदी नियन्त्रण नभइ गाउँ नै जोखिम अवस्थामा पुगेको हँुदा उत्खन्नमा रोक लगाएको पूर्व उपमेयर तथा समाजसेवी रामवती चौधरीले बताईन् । हिउँदमा खोला दोहनले सरस्वती खोलाले आफुहरुलाई बर्षायाममा वर्षेनी दुःख दिईरहेकोले उत्खन्नमा रोक लगाउनु परेको समाजसेवी रामवती चौधरीले बताईन् । ‘बाढी कति खेर गाउँमा पस्छ, वर्षातको समयमा राति भरी जाग्राम वस्नु पर्ने वाध्यता हुन्छ ।’ उनले भनिन, ‘दिउँसो खोला तर्न नसेकर विद्यार्थीहरु तीन महिनासम्म विद्यालय जान पाउँदैन, मजदुरहरु आफनो ज्याला मजदुरी गर्न जान पाउँदैन ।’ उपमेयर रामवतिले गुनासो गर्दै भनिन्, ‘खोला उत्खन्न गरे वापत राज्यले कर असुल्छ र जुन खोलामा उत्खन्न भएको हो, त्याहाँ नदी नियत्रन्ण हुनैन, सम्वन्धित निकायलाई बारम्वार हार गुहार गर्दा पनि रोकथामका लागि कुनै पहल हुँदैन ।’

सरस्वती खोलाको कटानले गाउँनै जोखिममा पर्ने गरेको स्थानीय गुनान चौधरीले बताउँछन, उनले भने, ‘न त खोला नियन्त्रणमा सम्वन्धित निकायले चासो दिएको छ, खोला वारपार गर्न न त खोलामा पुल नै छ, हामीले वर्षात महिना धेरै सास्ती खेप्नु परेको छ ।’
सरस्वती खोलाको गिट्टी बालुवा अवैध रुपमा गत वर्ष ठेक्केदार कम्पनीले उत्खन्न गरेपछि बाढीको कटान र डुवानले गाउँले नै त्रसितमा बस्ने गरेका थियौं, स्थानीय श्रवण चौधरीले भने, चार फिटसम्म उत्खन्न गर्नको अनुमति पाउने ठेक्केदार कम्पनीले चार पाँच मिटर गहिराई पारेर खोलाको गिट्टी बालुवा उत्खन्न गर्दा गाउँ नै जोखिममा पर्ने गरेको छ ।’
ठेक्केदार कम्पनीका सव इन्जिनियर संजय शाहले आफुहरुसँग खोला उत्खन्न गरे वापत त्रियुगा नगरपालिकामा २६ लाख ४८ हजार ९ सय रुपैया कर तिरेको र नगपालिकाले खोला उत्खन्न गर्न सहमति दिएको बताए । ठेक्केदार कम्पनीलाई बरुवा खोला, त्रियुगा खोला र शाहीखोलाबाट गिट्टी बालुवा उठाउन त्रियुगा नगरपालिकाले सिफारिस दिएको छ ।

त्रियुगा नगरपालिका ८ का वडा अध्यक्ष कमल कुमार राउतले सरस्वती खोलाको छेउमा रहेको उत्तरवारी टोल देउँरी गाउँ बाढीको समयमा एकदमै जोखिममा रहेको हँुदा यस खोलाबाट उत्खन्न गर्न नदिने वताएका छन् । अध्यक्ष राउतका अनुसार यो वर्ष खेला नियन्त्रण गरिने समेत वातए ।
यस्तै सडक निर्माण कम्पनीलाई त्रियुगा खोला, बरुवा खोला, शाही खोला, द्वार खोला, लामा खोला, बैधनाथ खोला र तावा खोलाको गिट्टी बालुवा उत्खन्नको गाउँपालिका र नगरपालिकाले उत्खन्नका लागि अनुमति दिएपनि नियम विपरित खोलाको गिट्टी, बालुवा निकासी गर्दा गाउँ नै जोखिममा पर्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ ।









