उदयपुर, उदयपुरको बेलकामा पूर्व सुचना तथा सञ्चार मन्त्री चढेको गाडीले ठक्कर दिदा एक बालक घाईते भएको छ । बुधबार बेलका नगरपालिका वडा नं १ को आम्बासीमा ८ वर्षीय बालिका रोजीना कार्कीलाई मन्त्री चढेको गाडीले ठक्कर दिँदा घाईते भएको हो ।
मदन भण्डारी लोक मार्ग अन्र्तगत बेनपा आम्बासीमा पूर्व सुचना तथा संचार मन्त्री जय प्रकाश गुप्ता चढेको को २ च १५१९ नम्बरको बुलेरो भ्यानले बालिकालाई ठक्क दिएकोे ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी निरीक्षक नविन कुमार सिंहले बताए ।
साईकल यात्रीलाई बचाउन खोज्दा गाडी अनिन्त्रीत भई सडक छेउको पसलमा सामान खरिद गर्न आएको बालिकालाई ठक्कर दिएको प्रहरी निरीक्षक सिंहले बताए ।
घाईते बालिकाको बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । पूर्व मन्त्री गुप्ता प्रदेश न.ं २ बाट बिराटनगरसम्मको यात्रामा उक्त बाटो हुँदै गएको समयमा बालिकालाई ठक्कर दिईएको थियो ।