साप्ताहिक हाट बजार सडकमै, निर्माण गरिएका घर टहरा खाली (तस्विर सहित)
डिएन चौधरी, उदयपुर , उदयपुरको त्रियुगा नगरपाललिका ९ स्थित राजावासमा लाग्ने स्थानिय साप्ताहिक बजार अझै सडकमै लागाइरहेको छ । बजार सडकमै रहेको हुँदा वजारमा किनमेल गर्न आउने मानिसहरुलाई सडक दुर्घटना हुने खतरा त छदै छ, खुद्रा बजार व्यवसायीलाई पनि त्यतिकै जोखिम रहेको छ । हप्ताको शुक्रवार लाग्ने वजार पछिल्लो समय धरान ,चतरा गाईघाट हुदै सिन्धुली मदन भण्डारी राजमार्गको सडक विस्तारका कारणले बजार प्रभावित हुन...












