एक वर्षिय बच्चाको मुटुको भल्ब बन्द, छोरी बचाईदिनु बुवाको अपिल
उदयपुर, उदयपुरको बेलका नगरपालिकामा एक वर्षिय बालिकाको मुटुको भल्ब बन्द भएको छ । बेलका नगररपालिका वडा नं. ७ बस्ने मेसन राईकी एक बर्षिया छोरीको मुटुको उपचार गर्न आर्थिक अभाव भएकोले सहयोगको याचना गरेका छन ।
एक बर्षिया बालिका अपेक्षा राई मुटुको भल्बमा समस्या भएर विगत केही महिना देखि गंगालाल हृदय रोग निवारण केन्द्र बाँसबारीमा उपचाररत रहेकी बुबा मेसनले जानकारी दिए । ‘छोरीको मुटुको भल्ब बन्द भएको र चिकि...













