रिता राउत, उदयपुर, उदयपुरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच सम्वन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको त्रियुगा नगरपालिका १ स्थित वडा कार्यलयको आयोजना र स्वास्थ्य केन्द्र जोगीदहको समन्वय, क्यान्सर रिलिफ सोसाईटिको सहकार्य र रेस्फक नेपालको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
ग्रामिण महिलाको स्वास्थ्य स्थिति खतराबाट बचाउन एक दिने शिविर संचालन गरिएको रेस्फेक नेपालका संजिप रायमाझीले वताए । उनका अनुसार शिविरमा त्रियुगा नगरपालिका १ जोगीदहका ग्रामीण वस्तिका मिश्रीत समुदायका ७२ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर सम्वन्धि चेकजाँच गरिएको बताए । शिविरमा ९७ जना महिलाले परामर्श लिएका थिए । शिविर त्रियुगा नगरपालिका १ जोगीदहको स्वास्थ्य केन्द्रमा सम्पन्न भएको हो ।
भक्तपुर क्यान्सर अस्पतलका डा. अजय पंजियारको टोलीमा कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका जिल्ला सभापति विदुर बस्नेतले गरेका थिए ।









