डिएन चौधरी, उदयपुर , उदयपुरको त्रियुगा नगरपाललिका ९ स्थित राजावासमा लाग्ने स्थानिय साप्ताहिक बजार अझै सडकमै लागाइरहेको छ । बजार सडकमै रहेको हुँदा वजारमा किनमेल गर्न आउने मानिसहरुलाई सडक दुर्घटना हुने खतरा त छदै छ, खुद्रा बजार व्यवसायीलाई पनि त्यतिकै जोखिम रहेको छ । हप्ताको शुक्रवार लाग्ने वजार पछिल्लो समय धरान ,चतरा गाईघाट हुदै सिन्धुली मदन भण्डारी राजमार्गको सडक विस्तारका कारणले बजार प्रभावित हुन पुगेको हो ।
सडकमा चल्ने सवारी साधनहरुको कारण धुलो र धुवाले गर्दा फिजाएर राखेको सामानहरु धुल्लामय र खराव हुने गरेको जलजलेबाट वजार व्यवसाय गर्न आएकी शोभा शाहले वताईन । उनका अनुसार तरकारीहरु धुल्लामय हुँदा ग्राहाकहरु किन्न नमान्ने र कम दाममा खोज्ने गर्छन् । त्यस्तै सडकको धुलोले गर्दा सबै बाहिर राखिएको कपरडाहरु धुलमय हुने गरेको अर्का कपडा व्यपारी सुमन राउतले वाताए । बजारको ठाउँ सानो र त्यस्मा पनि सडकमै भएकोले किनमेल गर्नको लागि एकदमै खतरा रहेको स्थानिय निरज कार्कीले वताए ।
राजावास बजार व्यवस्थापनकै लागि शहरी विकास कोष र त्रियुगा नगरपालिकाको सहयोगमा त्रियुगा नगरपालिका ८ र ९ को सिमनामा पर्ने शाहिखोला छेउ किनारमा लाखौ खर्च गरेर वजार व्यवस्थापनका लागि सर्टर सहित बजार घर, टहरा र सार्वजनिक वातावरण मैत्रिशौचालय पनि वनाइएको छ । करिव ३० लाख खर्च गरेर सटर सहित ४ वटा घर र ३ वटा टहरा र शौचालय वनाइएको छ । बजार व्यवस्थापन हुन नसक्दा दुई वर्ष देखि घर, टहराहरुमा गाई भैसी, कुकुर विरालो बस्ने ठाउँ बनको छ ।
सम्वन्धित निकायले चासो नदिदा बजार सार्न नसकिएको वजार घर, टहरा निर्माण उपभोक्ता समितिको अध्यक्ष रुम वाहादुर दनुवारले वाताए । बजार उद्घाटनको लागि पनि केहि रकम बचाएर राखेको तर दुई वर्ष देखि कोशिस गर्दा पनि बजार सडककै लाग्ने गरेको उनले गुनासो गरेका छन् । बजार दर्ता प्रक्रियामा रहेको र अझै बजार लगाउने स्थान उचित व्यवस्थापन गर्न बाँकी रहेकोले बजारलाइ सार्न नसिएको त्रियुगा नगरकार्यपालिका सदस्य केदार दनुवारले वताए । उनका अनुसार राजावास चोकमा रहेको स्थायी व्यवसायीहरु घर, टहरा भएको ठाउँमा बजार लगाउन नमान्दा पनि बजारलाई सम्वन्धित ठाउँमा सार्न गाह्रो भएको वताए । उनका अनुसार बजारलाई व्यवस्थापन गर्न दुवै वडा अध्यक्षहरुसँग पहल गरिरहेको वताए ।
त्रियुगा नगरपालिका ८ का वडा अध्यक्ष कमल कुमार राउतका छिट्टै बजारलाई उचित व्यवस्थापन गरिने वताए ।

तपाईको प्रतिक्रिया