उदयपुर, जनतालाई सूसुचित गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले डिजिटल सूचनापाटी जडान गरेको छ । सूशासनमा टेवा पुगोस भनेर नगरपालिकाको गेटमा सूचना पाटी जडान गरिएको हो ।
सूचनापाटीमा नगरपालिकाको फोन नम्बर, दैनिक तापक्रम र विभिन्न सूचनाहरु हेर्न पाईन्छ । दुई वटा सूचना वोड करिब तिनलाखमा लागतमा डिजिटल सूचनापार्टी राखिएको त्रियुगा नगरपालिकाका सूचना अधिकारी विश्वजीत राईले बताए । ‘नगरपालिकाको सबै सूचना तथा सेवाहरुको विवरण पारदर्शी होस भनेर सूचना पार्टी राखिएको हो ।’ सूचना अधिकारी राईले भने ‘यसले सूशासन कायम राख्नलाई मद्दत गर्दछ ।’ डिजिटल बोर्डमा जन्म मृत्यु, बसाईसराई जस्ता घटनादर्ताको विवरण, नगरपालिकाको आय व्यय विवरण, करको विवरण, कर्मचारीको विवरण, मेयर तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिती तथा अनुपस्थिती, कार्यपालिका बैठकको जानकारी लगाएतका सूचनाहरु हेर्न पाईने सूचना अधिकारी राईले जानकारी दिए । डिजिटल सूचना पाटी राख्नेमा त्रियुगा नगरपालिका दोस्रो बनेको छ । नगरप्रवेश नाका लालपत्ता अर्काे सूचना बोड राखिने सूचना प्रविधि अधिकृत ई अवुद अलीले जानकारी दिए । ईन्जिनियर अलीले त्रियुगा नगरपालिकालाई केही दिन भित्रै नगरका सेवा लिन लाईन बस्ने प्रणालीलाई समेत प्रविधीमैत्री बनाउने बताए । त्रियुगा नगरपालिकाको एकीकृत सम्पत्ती कर, राजस्व दाखिला विभिन्न सिफारिस लिन लाईन बस्नु पर्ने बाध्यता छ ।









