उदयपुर, गएको शनिबार पुसको चिसो महिनामा पनि पसिनाको धारा चुहाउँदै दाङकी अन्जु चौधरी श्रीमानसँगै बेल्चा तानिरहेकी थिईन । निर्माणाधिन धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने ‘मदन भण्डारी वैकल्पिक लोकमार्ग’अन्तर्गतको कटारी–गाईघाट खण्डमा काम गरिरहेकी चौधरीले भनिन्, ‘सँग सँगै काम गर्ने श्रीमानको दैनिक ज्याला सात सय, मेरो पाँच सय मात्र पाइन्छ ।’
श्रीमानसँगै विहानदेखि वेलुकासम्म काममा खटिने अन्जुले श्रीमान वेलन चौधरीको अनुपातमा दुई सय कम ज्याला पाउँछिन । ‘महिलाहरुले ढुँगा तथा तागतिलो काम गर्न सक्दैनन भन्छन र दुई सय कम दिन्छन,’ पुन उनले भनिन, ‘श्रीमानले गरेका काम सवै गर्दै आइरहेको छु ।’
निर्माणाधिन धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली, हेटौंडा जोड्ने ‘मदन भण्डारी वैकल्पिक लोकमार्ग अहिले धमाधम निर्माण भइरहेको छ । त्यही लोकमार्ग प्रया पश्चिम नेपालका सुदुरपश्चिम प्रदेश, प्रदेश ५ र प्रदेश २, ३ का मजदुर बढीमा मात्रमा दैनिक ज्यालादारीमा काम गरिरहेका छन । अन्जुका जस्ता श्रीमान श्रीमति धेरै आएका दम्पतिको भनाई छ । ‘हिउँदको महिना भएकाले घरमा खास काम पनि हुँदैन,’ अन्जुका श्रीमान बेलनले भने, ‘छोराछोरी हुनेले घरमा रहेका बुवाआमालाई जिम्मा लगाएर काम गर्न आएका छन ।’ तर, श्रीमानसँगै कामम खटिने श्रीमतिले दुई सय कम ज्याला पाउने गरेको गुनासो गरे ।


यसैगरी कैलालीबाट श्रीमान श्रीमतिसँगै आएका निलम जिसी श्रीमानले गर्ने काम श्रीमतिहरुले गरेकै हुन्छन, तर, ज्याला कम पाउने गरेको बताए । ‘खै महिला र पुरुष बराबरी भन्छन,’ उनले भने, ‘काम पनि बराबरीजस्तै गर्नु पर्छ, तर, पैसा पाउनले वेला पुरुषको तुलनामा दुई सय कम पाउने गरेका छन ।’ जिसीले भनिन्, ‘नेपालमा शासन व्यवस्था, खाली खुट्टा हिडने, सार्वजनिक सम्पति कब्जा गर्ने गाउँबाट सिंहदरबार पुगे तर हामी ज्यूका तिउँ छौ, नेपालमा व्यवस्था फेरिएपनि ज्याला मजदुरमाथिको विभेद अझै कायमै छ ।’
जिसी र चौधरी दम्पति मात्र होईन, निर्माणाधीन धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली हेटौंडा खण्डमा काम गर्ने दर्जनौ जोडीहरु भेटिन्छन । पुर्व र पश्चिम नेपाल सवै ठाँउका मजदुरहरु आएका छन । लेवरको काम गर्ने पुरुषले दैनिक ७ सय पाउँछन भने महिलाले पाँच सय मात्र पाउँछन । मिस्त्री महिलाले पनि पनि पुरुषको तुलनामा पैसा नपाउने गरेका छन । नेपालटार–कटारी खण्डमा भेटिएकी महिला मिस्त्री लक्ष्मी विकले भनिन्, ‘पुरुष मिस्त्रीको तुलनामा महिला मिस्त्रीले कम पैसा पाउने गरेका छन ।’
विकले गुनासो गर्दै भनिन् ‘सरकारी कर्मचारीहरुमा महिला र पुरुषको समान ज्याला हुन्छ तर, हामी मजदुरी क्षेत्रमा काम गर्ने महिला र पुरुषको ज्यालामा किन विभेद गरेको छ ।’ उनले थपिन,‘सरकारी जागिरका महिला र पुरुष दुवैलाई शनिबार विदा, सार्वजनिक विदाको दिन विदा, संचय कोष, विमा, तालिम, उपदान, लगायतको सुविधा हुने गरेको छ तर, हाम्रो केही हुँदैन हुँदैन ज्यालामा विभेद हुने गरेको छ ।’
पूर्वमा सुनसरीको सिमाना चतारादेखि पश्चिममा सिन्धुलीको सिमाना भिमानसम्म १ सय ३४ किलोमिटरको लोकमार्गको काम धमाधम भइरहेको छ । वि.सं.२०७६ असार मसान्तभित्र बनाइसक्ने गरी जेडआइसिई लामा एण्ड शर्मा जेभीले जिम्मा लिएको लोकमार्ग निर्माण अन्तर्गत ५५ प्रतिशतभन्दा बढी काम सकिएको वैकल्पिक लोकमार्ग परियोजना पूर्वीखण्ड कार्यालयको दावी छ । चतरादेखि बसाहासम्म नदाहा–कञ्चनपुर खण्ड निर्माण एसियाली विकास बैंक (एडिबी)ले गरेका कारण परियोजना कार्यालयले बसाहादेखि भिमानसम्मको कामगरेको छ । तर, बसाहा हुँदै हेटौंडा खण्डमा गुणस्तरहिन काम भएको जानकारहरुको भनाई छ ।
दुई वर्षअघि नै ट्«याक निर्माण भइसकेको सडक स्तरोन्नति गर्ने, चौडा पार्ने, कालोपत्रे अघिको पूर्वाधार तथा पुल, नाला र कल्भर्टहरू धमाधम निर्माण भइरहेको छ । काममा केही गुणस्तरहिन वस्तुहरुको प्रयोग भैरहेको बुझिएको छ । यस्तै पुल र सडकको लेवल नमिल्ने गरी गुणस्तरहिन तरिकाले निर्माण भईरहेको चर्चा बढी छ ।

तपाईको प्रतिक्रिया