उदयपुर, उदयपुरमा लागूऔषध सहित तीन जना मंगलबार विहान पक्राउ परेका छन् । लालपत्ता चौकीले तीन जनालाई ठूलो संख्यामा लागुऔषध सहित पक्राउ गरेको हो ।
उदयपुर त्रिनपा–१२ बस्ने बर्ष–१९ को जेनिश राई र त्रिनपा ११ बस्ने अन्दाजी बर्ष १५ को निशान रिजाललाई बिहान ५ बजे लालपत्ता प्रहरी चौकीले लागू औषध सहित पक्राउ गरेको जनाएको छ ।
सिरहा बाट गाईघाट तर्फ आँउदै गरेको स १ च १६९७ न. को भाडा बर्तन बोकेको बलेरो गाडी चेकिङ गर्ने क्रममा ब्याग भित्र रहेको ज्याकेटमा लुकाई राखेको डाइजोलोपाम–८ एम्पुल,लुपिजेसिक–८ एम्पुल,फेनारागन–८ एम्पुल गरी जम्मा २४ एम्पुल लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । लागु औषध बोक्न प्रयोग भएको भाडा बर्तन सहितको गाडी, गाडी चालक जिल्ला सिरहा सरदुवानकट्टी–६ बस्ने देब कृष्ण खडका यादबलाई समेत नियन्त्रणमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन रानाभाटले बताए ।

तपाईको प्रतिक्रिया