महाधिवेशन हुन नसके पार्टीको अस्तित्व नै सङ्कटमा पर्ने : डा. कोइराला
उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले २०७६ सालको फागुन भित्रमा १४ औ महाधिवेशन हुन नसके पार्टीको अस्तित्व नै सङ्कटमा पर्न सक्ने खतरा रहेको बताएका छन् । जीपी कोईराला फाउण्डेशनको सोमवार गाईघाटमा उदयपुर जिल्ला कार्यालय उद्घाटपछि आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले आगामी महाधिवेशनबाट पार्टीको केन्द्रिय नेतृत्व परिवर्तन गर्ने निश्चित भएको देखेपछि महासमितिको बैठकबाट भएका निर्णयस...













