काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भु–भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको सम्भावना देखिएको छ । त्यसै गरि आज राति देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ ।

देशको पुर्वी र मध्य भू–भागका थोरै स्थानमा र पश्चिमि भु–भागका १–२ स्थानहरुमा मेघ गर्जनका साथ वर्षाको सम्भावना रहेको मौसम तथा पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका केहि स्थानहरुमा हावाहुरि बतास चल्ने देखिएको छ ।चैत्र २४ गते (आइतबार): दिउँसोः देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।राति: देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानमा र पश्चिमि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

चैत्र २५ गते (सोमबार): दिउँसोः देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ ।देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति: देशका पूर्वी भु-भागहरुमा सामान्य बदलि र बांकि भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

चैत्र २५ गते (मंगलबार): दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

राति: देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

Comment

तपाईको प्रतिक्रिया