
उदयपुर । कटारीमा जारी प्रथम कटारी नगर मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि कटारी नगरपालिका २ नं. वडाले चुमेको छ । आइतबार भएको फाइनल खेलमा कटारी २ र १४ विचको खेलमा शुन्यका विरुद्ध १ गोलले कटारी २ बिजयी भएको हो ।
पहिलो हाफको ४१ औं मिनेटमा कटारी २ का टिम क्याप्तान जीवन कुमार दनुवारले गरेको गोलले नै उपाधि चुमेको हो । कटारी स्थित टाइगर खेल मैदानमा भएको खेलमा दुवै टिम विच कडा प्रतिष्पर्धा भएकोमा कटारी १४ ले गोल फर्काउने मौका गुमाएको थियो ।
प्रतियोगितामा विजेताले टिमले नगद ५१ हजार सहित ट्रफी उचालेका छन् भने उपबिजेता कटारी १४ ले २५ हजार प्राप्त गरेका थिए ।
यस्तै उत्कृष्ठ विधा तर्फ उदयमान खेलाडी कटारी ४ का सञ्जय तामाङलाई घोषित गरिएको थियो भने खेलको उत्कृष्ठ गोल रक्षक तर्फ कटारी २ का सुजल गिरीलाई घोषित भए । खेलको उत्कृष्ठ डिफेंडर कटारी २ का भूपाल खत्री घोषित भए भने ५ गोल गर्दै कटारी २ का जीवन कुम्मर दनुवार सर्वाधिक गोलकर्ता बन्न सफल भए । उत्कृष्ठ खेलाडी कटारी १४ का मानस राईले घोषित भए । उत्कृष्ठलाई मेडल, प्रमाणपत्र र रु. पाँच सयले पुरस्कृत भएको थियो ।









