खोटाङ । खोटाङको रावावेशी गाउँपालिका ३ चिउरीवास भन्ने स्थानमा आइतवार बिरामी बोकेर जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । चिउरीवासबाट बिरामी बोकेर लामीडाँडा तर्फ जाँदै गरेको ना.१ ज ७४४७ नम्बरको सुमो आँफै अनियन्त्रित भई अपरान्ह साढे ४ बजे सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा सुमोमा सवार सोही स्थान बस्ने बिरामी बर्ष ५० को नीर कुमार राई, बर्ष ४५ को प्रकाश राई र चालक बर्ष ४५ को गोपाल राई घाइते भई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लामीडाँडा लैजाने क्रममा नीर कुमार राईको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुर्घटनामा घाइते दुवै जनालाई थप उपचारको लागि काठमाण्डौ पठाईएको प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया