४० हजार घुससहित मालपोतका नासु पक्राउ

४० हजार घुससहित मालपोतका नासु पक्राउ
सप्तरी । सप्तरीको राजविराजमा ४० हजार घुस सहित एक जना नायव सुब्बा पक्राउ परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीबाट खटिएको टोलीले मण्डललाई ४० हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो...

बिरामी बोकेको सुमो दुर्घटनामा बिरामीको मृत्यु, २ घाइते

बिरामी बोकेको सुमो दुर्घटनामा बिरामीको मृत्यु, २ घाइते
खोटाङ । खोटाङको रावावेशी गाउँपालिका ३ चिउरीवास भन्ने स्थानमा आइतवार बिरामी बोकेर जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । चिउरीवासबाट बिरामी बोकेर लामीडाँडा तर्फ जाँदै गरेको ना.१ ज ७४४७ नम्बरको सुमो आँफै अनियन्त्रित भई अपरान्ह साढे ४ बजे सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा सुमोमा सवार सोही स्थान बस्ने बिरामी बर्ष ५० को नीर कुमार राई, बर्ष ४५ को प्रकाश ...

उदयपुरका रामबहादुर र्‍याफ्टिङ दुर्घटनामा परी मृत्यु

उदयपुरका रामबहादुर र्‍याफ्टिङ दुर्घटनामा परी मृत्यु
उदयपुर । धनकुटाको मूलघाटबाट तमोर नदीमा सुनसरीको चतारातर्फ जाँदै गरेको र्‍याफ्टिङ  आइतबार अपरान्ह तमोर नदीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका १ स्थित विरिन्टार सफाईधापमा दुर्घटना हुँदा र्‍याफ्टिङमा सवार उदयपुरको त्रियुगा नगरपालिका ६ का ५४ वर्षीय रामबहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको मूलघाटबाट तमोर नदीमा सुनसरीको चतारातर्फ जाँदै गरेको र्याफ्टिङ । आइतबार...

३४ फरक क्षमता भएका व्यक्तिहरुलाई नागरिकताको प्रमाणपत्र वितरण

३४ फरक क्षमता भएका व्यक्तिहरुलाई नागरिकताको प्रमाणपत्र वितरण
उदयपुर । उदयपुरमा ३४ फरक क्षमता भएका व्यक्तिहरुलाई नागरिकता प्रमाणपत्र वितरण गरेको छ । उदयपुरगढी ३ बर्रेको पहलमा इलाका प्रशासन कार्यालय कटारीले १ दिने नागरिकता शिविर संचालन गरेको थियो । शिविरमा २६ महिला र ८ पुरुष गरी ३४ जना फरक क्षमताका व्यक्तिहरुलाई नागरिकता वितरण गरिएको इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले जानकारी दिए । उनले भने, ‘फरक क्षमता भएका व्यक्तिहरु कटारीमा आई नागरिकता ...

प्रथम कटारी मेयर कपको उपाधि २ नं. वडाले चुम्यो

प्रथम कटारी मेयर कपको उपाधि २ नं. वडाले चुम्यो
उदयपुर । कटारीमा जारी प्रथम कटारी नगर मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि कटारी नगरपालिका २ नं. वडाले चुमेको छ । आइतबार भएको फाइनल खेलमा कटारी २ र १४ विचको खेलमा शुन्यका विरुद्ध १ गोलले कटारी २ बिजयी भएको हो । पहिलो हाफको ४१ औं मिनेटमा कटारी २ का टिम क्याप्तान जीवन कुमार दनुवारले गरेको गोलले नै उपाधि चुमेको हो । कटारी स्थित टाइगर खेल मैदानमा भएको खेलमा दुवै टिम विच कडा प्रतिष्पर्धा भएकोमा क...

सिरहामा छुट्टाछुट्टै आगलागीबाट लाखौको धनमाल जलेर नष्ट

सिरहामा छुट्टाछुट्टै आगलागीबाट लाखौको धनमाल जलेर नष्ट
राजेन्द्र महतो, लहान ।  सिरहा को लक्ष्मिपुरपतारी गाउँपालिका १पिप्रा शनिवार भएको आगलागीबाट लाखौ मूल्य बरावरको धनमाल जलेर नष्ट भएको छ । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका १ पिप्रा वस्ने शत्रुधन झाको फुसको घरमा अचानक आगलगी भएको हो । झाको घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा फर्निचरका समानहरु पूर्णरुपमा करिव ४ लाख ४० हजार ५ सय बरावरको क्षति भएको छ । सोही आगोबाट निजको छिमेकी शिबनारायण...

सप्तरीमा कटुवा पेस्तोलसहित एक पक्राउ

सप्तरीमा कटुवा पेस्तोलसहित एक पक्राउ
सप्तरी । सप्तरीको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई चैत्र २२ गते पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर बताउने २३ बर्षिय रमेश कुमार मण्डल छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भ...

सप्तरीमा एक बेबारिसे युवतीको शव फेला

सप्तरीमा एक बेबारिसे युवतीको शव फेला
सप्तरी । सप्तरीमा बेबारिसे अबस्थामा एक युवतीको शव फेला परेका छ । सोनमा गाउँपालिका २ मरहा खोलाको किनारमा राहारीको बिचमा अन्दाजी एक २१ वर्षिय बेबारिसे युवतीको शव फेला परेको छ । बैरियाको सेरहा टोलादेखि पश्चिम जाने सडक खण्डमा र सोनमादेखि सिहासनि जानेबाटोमा खुकुरा फारमदेखि पूर्व जाने बाटोतिर बेबारिसे युवतीको शव फेला परेको हो । दुई दिन अघि कसैले घाटी थिचेर हत्या गरेको अनुमान प्रहरीको रहेको छ । हालसम्...

माैसम अझै तीन दिन नखुल्ने : सचेत रहन मौसम विद्हरुको अपिल !

माैसम अझै तीन दिन नखुल्ने : सचेत रहन मौसम विद्हरुको अपिल !
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भु–भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको सम्भावना देखिएको छ । त्यसै गरि आज राति देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी र मध्य भू–भागका थोरै स्थानमा र पश्चिमि भु–भागका १–२ स्थानहरुमा मेघ गर्जनका साथ वर्षाको सम्भावना ...

प्रथम मेयर कप : कटारी २ र १४ फाइनलमा भिडदै

प्रथम मेयर कप : कटारी २ र १४ फाइनलमा भिडदै
उदयपुर । कटारीमा जारी प्रथम कटारी नगर मेयर कप नकआउट फुटबल प्रतियोगिताको आज आइतबार फाइनल खेलमा कटारी वडा नं. २ र १४ विच भिडन्त हुने भएको छ । शनिबार भएको पहिलो सेमी फाइनलमा कटारी ७ लाई कटारी २ ले १ गोलको विरुद्ध ६ गोलले हराउँदै फाइनको यात्रा तय गरेको थियो । दोस्रो सेमी फाइनल खेलमा कटारी १० लाई २ गोलको विरुद्ध ३ गोल गर्दै कटारी १४ फाइनलको यात्रा सुरक्षित गरेको थियो । सेमी फाइनलको पहिलो खेलमा बुद्ध ...