
डि.एन चौधरी,उदयपुर । उदयपुरमा थारु संग्राहलयको भवन निमार्ण भइरहेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १३ जोगि पोखरी स्थीत थारु संग्राहलय भवनको निमार्ण कार्य भइरहेको छ। तर कहिले पुर्ण रुपमा निमार्ण सम्पन्न भइ थारु संग्राहलयको रुपमा स्थापित भएको हेर्न पाउनु थाहा छैन । ५ बर्षदेखि निर्माण कार्य भइरहेको छ ।पुर्ण रुपमा कहिले बन्ने हो थाहा छैन त्रियुगा नगरपालिका १३ का मनोज चौधरीले बताउनुभयो ।
थारु संग्राहलय निर्माण हुने कुराले खुसी छु ।तर खोइ हाम्रो पालामा निमार्ण सम्पन्न हुन्छ की हुदैन थाहा छैन् स्थानीय जोगी पोखरी नजिक बसिरहेकी बृद्ध लगभग ६० बर्ष जस्तो देखिने भोजनी चौधरीले बताइन् । सुनेको थिए यस्मा हाम्रो थारु जातिको सबैकुराहरु र्हेन पाइन्छ रे ? तर अहिले सम्म घरनै बनेको छैन भोजनीले पुनः बताइन् ।उनले, भनिन् हामीले र्हेन नपाए पनी हाम्री नाती नातीनीले र्हेन पाउछन् खुसी लाग्छ ।
थारु जातिको संस्कृती, सम्पदा र साहित्यलाई युगौ युग सम्म संरक्षणका लागी थारु संग्राहलयको निमार्ण कार्यमा जोड दिएको थारु कल्याणकारणी त्रियुगा नगर सभा उदयपुरका उपाअध्यक्ष तथा निमार्ण उपभोक्ता समितिको अध्यक्ष बिनोद चौधरीले बताए ।चौधरीले, थारुहरुको मौलिक तथा पौराणिक संस्कृती,सम्पदाहरु लोप हुने अवस्था छ र कति लोप भैसकेको छ ।
त्यस्को संरक्षणका लागी यो संग्राहलय निमार्ण हुनु अति आवश्यक रहेको बताए । उनले भने, अहिले थारुहरुले प्रयोग गर्ने समाग्रीहरु ढिकि,जातो, खानाको परिकार हराउदै गएको छ त्यस्तै थारुको मौलिक नाच चोरखेली,बिवाहमा बजाइने रेशमचौकी बाजा लोप भइसकेको छ । मौलिक पर्व समा चकेवामा नाचिने जटाजाटिन नाचहरु हराउन थालिसकेका छन् । संग्राहलयमा ति सवै कुराहरु समाबेश गर्ने लक्ष्य रहेको छ । तर खोइ यो सम्पुर्ण समाग्री तथा भवन निमार्णका लागी १ करोड भन्दा बढी रकम लाग्न सक्छ तर हामीले ५ लाखमा काम गरि रहेका छौ कसरी निमार्ण कार्य सम्पन्न गर्नु र ? 
बि.स २०७२ शालदेखिनै संग्राहलय निमार्णको काम शुरु भएको हो । तत्काललिन सांसद शान्ति देवि चौधरीको कोषबाट एक लाख र त्रियुगा नगरपालिकाको साढे तिन लाख गरि जम्मा चार लाख पचास हजारको रकमवाट संग्राहलयको भवन निमार्ण शुरु गरिएको थियो । बिचमा २ बर्ष वजेट अभावका कारण काम ओझेलमा परेको थियो । अहिले पुनः नगरपालिको आर्थिक बर्ष २०७५/७६को बिन्योजित बजेट पांच लाख बाट १६ पिलरको काम शुरु भएको चौधरीले बताए ।
निमार्ण हुदै गरेको संग्राहलय अगाडी जोगि पोखरी छ । पोखरी छेउमै प्राकृतिक देवि देउताको आर्कषक मुर्तीहरु निर्मित छन् । पोखरीको डिलमा शैलेशको रंङ्गिन मन्दिर निमार्ण भएको छ ।

मान्छेले आफनो मनोकाक्षा र केहि कुराको भाकल गरे भने पुरा हुने जन विश्वास छ । पर्यटन दृष्टिकोणले अवल देखिने यो ठाँउ सम्वन्धित निकायले खासै चासो नदिएको जोगि पोखरी व्यवस्थापन समितीका अध्यक्ष सन्तु चौधरीले बताए ।
पोखरी र मन्दिर वरिपरि घेरावेरा गर्न बाकी छ । थारुले शिरा मन्दिरको रुपमा लिएको उक्त मन्दिर नयाँ बर्षको अवसरमा मन्दिर उद्धघाटन गरि अस्ठजामको आयोजना गरेर मेला लगाउने तयारी भएको जनाएको छ । यो ठाउँलाई त्रियुगा नगरपालिकाको पर्यटन क्षेत्रमा प्राथमिकता राखेर दिगो बिकास र संरक्षण गर्न सकियो भने थारु संग्राहलय संगै यो क्षेत्रलाई पर्यटन प्रबर्धनमा सहयोग पुग्ने थियो ।










