
लहान । सिराहामा सोमबार राती ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका १३ भोटिया टोल चोकमा तीन जना सवार स ९ प ७३७ नम्बरको मोटरसाइकललाई ना ३ ख ७७७४ नम्बरको ट्रकले ठक्कर दिँदा लहान नगरपालिका–४ का २६ वर्षीय कृष्ण सहनी, २५ वर्षीय शिवकुमार सहनी र २६ वर्षीय मनोज कुमार मण्डलको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते तीनै जनालाई उपचारका लागि लहान अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख (इन्सपेक्टर) मिलनसिँह बस्नेतले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय धनगढीको नियन्त्रणमा रहेको बस्नेतले जानकारी दिए ।









