पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीलाई आपसी सद्भाव कायम राख्न आह्वान

पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीलाई आपसी सद्भाव कायम राख्न आह्वान
उदयपुर । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् । निर्मल निवासस्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उनले चिन्ता व्यक्त गर...

उदयपुरको गाईघाटमै सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा

उदयपुरको गाईघाटमै सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सुविधा सम्पन्न अस्पतालको अभाव भएको समयमा निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल प्रा.लि. आजबाज सञ्चालनमा ल्याइएको छ । कडा खाले रोग लागेमा वा कुनै दुर्घटना भएमा उपचारका लागि बिराटनगर धरान काठमाण्डौ लैजानु पर्ने अवस्थाबाट मुक्त हुन र बाहिर लगेर अत्यन्त महंगो उपचार गराउन नपर्ने गरी सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालनमा ल्याइएको...

उदयपुर सिमेन्टको चुन ढुंगा खानी नविकरणको लागि ७४ लाख ९७ हजार ऋण

उदयपुर सिमेन्टको चुन ढुंगा खानी नविकरणको लागि ७४ लाख ९७ हजार ऋण
मेयर सरुवा गरिदिने अभिव्यक्ति सेलाउन नपाउँदै माननीय गेलालले वास्तविकता नबुझि फेसबुकमा लेख्दा फेरि चिप्लिए उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई चुन ढुंगा खानी नविकरणको लागि ७४ लाख ९७ हजार ३ सय ३१ रुपैया सरकारले ऋण उपलब्ध गराएको छ । अर्थ मन्त्रालय सार्वजनिक ऋण व्यवस्थापन कार्यालय लगानी तथा जमानत शाखाले सो ऋण उपलब्ध गराएको हो । उद्योग पुनः सञ्चालन गर्न सरकारले दिएको भनिएको ऋणबारे फरक फरक पत्...

डिप्रोक्स लद्युवीत्त वित्तीय संस्थाद्वारा डस्टविन वितरण

डिप्रोक्स लद्युवीत्त वित्तीय संस्थाद्वारा डस्टविन वितरण
उदयपुर । डिप्रोक्स लद्युवीत्त वित्तीय संस्था लिमिटेड गाईघाट शाखाले जिल्ला उद्योग वाणिज्य संघ उदयपुरलाई २५ थान डस्टविन हस्तान्तरण गरेको छ । वित्तिय संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइतबार संघका अध्यक्ष गजेन्द्र कुमार भगतलाई डक्टविन हस्तान्तरण गरेको हो । डिप्रोक्स लद्युवित्त वित्तिय संस्था र जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको समेत लागत सहभागीता रहने गरि डस्टविन त्रियुगा नगरपालिका ...

उदयपुरका स्थानीय तहको १४ प्रतिशत बढी बजेट फ्रिज

उदयपुरका स्थानीय तहको १४ प्रतिशत बढी बजेट फ्रिज
उदयपुर । उदयपुरका आठ स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ मा १४ प्रतिशत बढी बजेट फ्रिज भएको छ । पालिकाहरूले सार्वजनिक गरेको खर्च विवरण अनुसार अधिकांश स्थानीय तहले ८५ प्रतिशत भन्दा बढी बजेट खर्च गरेका छन् । यद्यपि रौतामाई गाउँपालिका र बेलका नगरपालिकाले भने अन्तिम खर्च विवरण सार्वजनिक गर्न सकेका छैनन् । आर्थिक प्रणाली (सूत्र) बन्द भएका कारण अन्तिम विवरण निकाल्न नसकिएको उनीहरूको भनाइ छ । उदयपुरका आ...

उदयपुरमा ६६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

उदयपुरमा ६६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शुक्रबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका २२ का अन्दाजी २४ वर्षिय सन्दिप चौधरी पक्राउ परहेको हो । लहानबाट गाईघाट तर्फ आउँदै गरेको युवकलाई लालपत्ता प्रहरी चोकीले चेकजाँचको क्रममा मोटर साइकल सहित उनको साथबाट ६६० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला...

त्रियुगा नगरपालिकाले गर्यो ७ विगहा ऐलानी जग्गाको निस्सा बदर (नामावली सहित)

त्रियुगा नगरपालिकाले गर्यो  ७ विगहा ऐलानी जग्गाको निस्सा बदर (नामावली सहित)
उदयपुर । त्रियुगा नगरपालिकाले १७ जनाको ऐलानी जग्गाको निस्सा बदर गरेको छ । त्रियुगा नगरपालिकाको भूमि व्यवस्था शाखाले एक सूचना जारी गर्दै १७ जनाको ऐलानी जग्गाको निस्सा बदर गरेको हो । त्रियुगा नगरपालिका अन्तर्गत ९ नं. वडा गैरुन स्थित ईटाभट्टा दक्षिण तर्फ सरस्वती टोल विकासमा पर्ने ७ विगाहा बढी जग्गाको निस्सा बदर गरेको छ । ऐलानी जग्गाको फारम भरी नापजाँच कम्प्युटर प्रविष्टी भई निस्सा वितरण भएको उक्त ...

उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमतिको मृत्यु, श्रीमान घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमतिको मृत्यु, श्रीमान घाइते
उदयपुर । उदयपुर स्थित मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका ७ अधेरी फुस्रेमा बिहिवार मोटरसाइकल दुर्घटनामा श्रीमतिको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । मदन भण्डारी राजमार्ग ७ अन्तर्गत अधेरीमा भएको दुर्घटनामा मृत्यु हुनेमा उदयपुरगढी २ कि यमुना अधिकारी विश्वकर्मा रहेकी छिन् । स ५ प ९९ नम्बरको मोटरसाईकललाई सोही दिसाबाट आउँदै गरेको ना ५ ख २८४२ नं. को मालबाहक ट्रकले ठक्कर दिँदा द...

उदयपुरमा हात्तीले ४ घर भत्काउँदा १६ लाख बढीको क्षति

उदयपुरमा हात्तीले ४ घर भत्काउँदा १६ लाख बढीको क्षति
उदयपुर । उदयपुरमा जंगली हात्तीको समुहले ४ घर भत्काउँदा १६ लाख बढीको क्षति भएको छ । चौदण्डीगढी गाउँपालिका ७ लामाचौरीमा ४ घर भत्काउँदा अन्दाजी १६ लाख २० हजार बराबरको अन्नपात, लताकपडा, भाडाकुडामा क्षति पुर्याएको हो । चौढण्डीगढी नगरपालिका ७ लामाचौरी बस्ने खिल बहादुर मगरको भुई तल्ले भान्सा घरको टाटी बेरा भत्काई भान्सा घर भित्र रहेको धान गरी नष्ट गरी अन्दाजी १ लाख बराबरको क्षति गरेको प्रहरीले जनाएको ...

प्रतिबन्धित लागूऔषध सहित दुई युबा पक्राउ

प्रतिबन्धित लागूऔषध सहित दुई युबा पक्राउ
उदयपुर । उदयपुरमा प्रतिबन्धित लागूऔषध सहित दुई युबा पक्राउ परेका छन् । सिरहाको लहानदेखि गाईघाटतर्फ आउँदै गरेको स २ प ७८७९ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा प्रहरीले मोटरसाइकल चालक र पछाडी बस्ने युवालाई आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ५ का २१ बर्षिय दिपकराज पोख्रेल र २५ बर्षिय पुरन मगर रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ओपिडोल ४९० क्याप्सुल र स्पास्पेन ४९०...