उदयपुरमा ‘सुरक्षित चालक’ अभियान अन्तर्गत १ सय अटो र सिटी सफारी चालकलाई ज्याकेट वितरण
उदयपुर । उदयपुरमा सञ्चालित सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउने उद्देश्यले सुरु गरिएको ‘सुरक्षित चालक’ अभियान अन्तर्गत पहिलो चरणको पोसाक ज्याकेट वितरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको अग्रसरतामा बुधबार आयोजित एक कार्यक्रमका बीच १ सय अटो र सफारी चालकहरूलाई ज्याकेट वितरण गरिएको हो ।
सुरक्षित चालक अभियान कार्यक्रमको प्रमुख अतिथि जि...













