उदयपुर । नेपालका राजनीतिक दलहरुले थारु समुदायलाई मुख्य जिम्मेबारी दिन कन्जुस्याई गरिरहेको प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले बताए । विहिबार प्रगति शिल थारु समाज उदयपुरको आयोजनामा आदिवासी थारु जातिको राजनीतिक अवस्था तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि मोदीले यस्तो कुरा बताएका हुन् ।


उनका अनुसार राजनीतिकमा उथलपुथलमा थारु समुदायको मुख्य भूमिका रहेपनि कुनै पनि राजनीतिक दलले थारुहरुलाई मुख्य जिम्मेबारी दिन नचाहेको बताए । उनले राजनीतिक परिवर्तन भएपनि थारु समुदायमा परिवर्तनसँग सँगै थारु त्यसलाई पच्छयाउन नसकेको झनै पछाडी परेको बताए ।उनले केही थारु अगुवाहरु राजनीतिक रुपमा उदाय पनि जिम्मेबारी नदिँदा त्यसै पलायन भएको बताए । उनले थारु समुदायमा राजनीतिक चेतनाको अभाव समेत रहेको बताए ।
प्रमुख अतिथि माझीले थारु समुदाय पनि राजनीतिकमा सतिसाल झै अजम्बर हुनु पर्ने र राजनीतिक बैचारिक हुनको लागि अध्ययन गर्नु पर्ने बताए ।


यस्तै कार्यक्रममा नेपालको कम्युनिष्ट र प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा समर्पित हुने तत्कालिन एमालेका ६ जनालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा हरि लाल चौधरी, पूर्व सांसद लक्ष्मी चौधरी, बच्चु लाल चौधरी, सिताराम चौधरी, भगवानी प्रसाद चौधरी र धनीराम चौधरीलाई दोसल्ला र प्रशन्सापत्र सहित सम्मान गरेको थियो । प्रशिक्षण दुई दिन संचालन हुने आयोजकले जनाएको छ ।
पहिलो दिनको कार्यक्रममा नेकपा पार्टीको राजनीतिकको दृष्टिकोण, नीति र नेपालको संविधान २०७२ को बारेमा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरीले प्रशिक्षण गरेको थियो । थारु राजनीतिक नेतृत्वको भावी रणनीतिको बारेमा प्रतिनिधि सभा सदस्य अमन लाल मोदीले प्रशिक्षण गरेको थियो ।
यस्तै आज चैत्र २९ गते राजनीतिक नेतृत्वको भूमिका, जिम्मेबारी र चुनौतिको विषयमा प्रतिनिधि सभा सदस्य शान्ता चौधरी, राजनीतिक नेतृत्वको आर्थिक तथा समाजिक सवलिकरणको विषयमा पूर्व सभासद भगवती चौधरी, नेकपा पार्टीमा र राज्य संरचनामा आदिवासी थारु जाति र महिलाको अवस्थामा पूर्व सभासद मन्जु कुमारी चौधरीले प्रशिक्षण गर्ने कार्यक्रम रहेको प्रगतिशिल थारु समाज उदयपुरका अध्यक्ष श्यमानन्द चौधरीले बताए ।
कार्यक्रममा उदयपुरका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका थारु जनप्रतिनिधिको साथै नेकपामा जिम्मेबारी पाएका थारुहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया