उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले २०७६ सालको फागुन भित्रमा १४ औ महाधिवेशन हुन नसके पार्टीको अस्तित्व नै सङ्कटमा पर्न सक्ने खतरा रहेको बताएका छन् । जीपी कोईराला फाउण्डेशनको सोमवार गाईघाटमा उदयपुर जिल्ला कार्यालय उद्घाटपछि आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले आगामी महाधिवेशनबाट पार्टीको केन्द्रिय नेतृत्व परिवर्तन गर्ने निश्चित भएको देखेपछि महासमितिको बैठकबाट भएका निर्णयसमेत केन्द्रीय नेतृत्वले उल्टाउदै हिडेको प्रति कोइरालाको आपत्ति रहेको थियो ।
उनले महासमिति भन्दा केन्द्रिय समिति कदापि पनि पार्टीको माथिल्लो तह हुन नसक्ने हुँदाहँुदै महासमितिले गरेका निर्णयहरु उल्टाइनु भनेको पार्टीको विधान विपरितको काम मात्र नभएर १४ औ महाधिवेशन पनि निर्धारित समयमा नगराउने कुचेष्टा भईरहेको बताए ।
सहमति सहकार्य र एकता विना लोकतन्त्र शान्ति र विकास सम्भव नहुने भन्दै डा. कोइरालाले भने, ‘वीपी कोईराला पार्टीलाई सङ्कट आईपर्दा गाउँ जाने गर्नु हुन्थ्यो तर आजका नेताहरु काठमाडौ जाने गर्नुहुन्छ यस्तो परिपाटी चलेकोले नेपाली कांग्रेस झन कमजोर स्थितिमा रहेको छ ।’
केन्द्रिय सदस्य कोईरालाले भने, ‘नेपाली कांग्रेसका नेताहरुले केन्द्रमा बसेर चरम गुटबन्दी चलाएका कारण गाउँ र जिल्ला तहका कार्यकर्तालाई समेत गुट उपगुटमा बिभाजित पार्दै लगेकाले गुटबन्दीको दलदलबाट सिंङ्गो पार्टीलाई अवतरण गर्न अहिलेको नेतृत्वबाट सम्भव नभएको हुँदा आपूm नेतृत्व परिवर्तनको पक्षमा खरो रुपमा उत्रिएको छु ।’
डा. कोइरालाले नेताहरुले भाषणमा जति नै गुटबन्दि नगर्ने भनेपनि ब्यावहारमा त्यस्तो नदेखिएको बताए । कोईरालाले नेतृत्वमा बस्नेहरुले चलाएको गुटबन्दिको छुराले गाउँ तहका कार्यकर्ताहरुका बिचमा समेत चिरा पारेकै कारण गत आम निर्वाचनमा कांग्रेसले इतिहासमै नराम्रो पराजय भोग्नु परेको थियो ।
डा. कोइरालाले भने, ‘नेतृत्वको अर्कमण्यता र संवादहिनताले नेपाली काँग्रेस आज ईतिहाकै सवैभन्दा नाजुक अवस्थामा पुगेको छ ।’ विगत लामो समयदेखि जिल्ला दौदाहामा लाग्नु भएका कोइरालाले बिभिन्न जिल्लाको भ्रमण गर्ने र कार्यकर्तासँग छलफल गर्ने क्रममा आपूmलाई नेपाली कांग्रेसको भावी नेतृत्वको लागि मेचीमहाकालिका कार्यकर्ताहरुको दवाव रहेको बताए ।
अर्काे प्रसङ्गमा डा. कोइरालाले दुईतिहाई बहुमत प्राप्त बर्तमान सरकारले प्रेस स्वतन्त्रता र मानव अधिकारमा अङ्कूश लगाउन खोजिरहेको छ तर प्रमुख प्रतिपक्षको भूमिका संसदमा मूर्दा तुल्य हुनु भनेको काँग्रेसको नेतृत्व पुरै असफल भएको जस्तो देखियो ।
कोईरालाले प्राकृतिक स्रोत व्यवस्थापन, बित्त आयोग, अन्तरप्रदेश परिषद निर्माण, प्रदेशस्तरीय प्रहरी र प्रशासनको व्यवस्थापन लगाएतका काम सरकारले गर्न नसक्दा संघियता नै असफल हुने अबस्था आउन लागेको तर प्रतिपक्ष उघेर बसेको बताए ।
नेपाली काँग्रेसको अगुवाईमा संविधान निर्माण भएकाले काँग्रेसको काधमा संघियतालाई सफल बनाउने जिम्मेबारी भएको तथा संघियता असफ भएमा संबिधान पनि असफल हुने र २०६२÷०६३ को जनआन्दोलनको उपलब्धी खेर जाने कोइरालाको ठहर छ ।

तपाईको प्रतिक्रिया