
उदयपुर । उदयपुरमा ३४ फरक क्षमता भएका व्यक्तिहरुलाई नागरिकता प्रमाणपत्र वितरण गरेको छ । उदयपुरगढी ३ बर्रेको पहलमा इलाका प्रशासन कार्यालय कटारीले १ दिने नागरिकता शिविर संचालन गरेको थियो ।
शिविरमा २६ महिला र ८ पुरुष गरी ३४ जना फरक क्षमताका व्यक्तिहरुलाई नागरिकता वितरण गरिएको इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले जानकारी दिए । उनले भने, ‘फरक क्षमता भएका व्यक्तिहरु कटारीमा आई नागरिकता बनाउन कठिनाई हुने भएकोले राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुन नपारेस भनि शनिबार विदाका दिन वडा कार्यालय मै सेवा दिएका हौं ।’ शिविरमा दुई अशक्त जेष्ठलाई समेत नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरेको थियो ।
फरक क्षमतालाई नागरिकता शिविर उदयपुरगढी गाउँपालिका ३ बर्रे स्थित जरुवामा भएको थियो । शिविरमा असक्त जेष्ठ नागरिकलाई दोसल्ला र विद्यार्थीहरुलाई स्टेशनरीका सामान समेत वितरण गरेको वडा अध्यक्ष मनोज कार्कीले बताए ।









