राजेन्द्र महतो, लहान ।  सिरहा को लक्ष्मिपुरपतारी गाउँपालिका १पिप्रा शनिवार भएको आगलागीबाट लाखौ मूल्य बरावरको धनमाल जलेर नष्ट भएको छ ।
सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका १ पिप्रा वस्ने शत्रुधन झाको फुसको घरमा अचानक आगलगी भएको हो ।
झाको घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा फर्निचरका समानहरु पूर्णरुपमा करिव ४ लाख ४० हजार ५ सय बरावरको क्षति भएको छ । सोही आगोबाट निजको छिमेकी शिबनारायण ठाकुरको परालको टौवामा आगो सल्कि उक्त टौवासमेत पूर्ण रुपले जलि नष्ट हुँदा करिव १५ हजार बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय महेशपुरपतारी सिरहाले बताएको छ ।
त्यसै गरी, सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर १३ वस्ने ईन्द्रदेव यादबको खरले छाएको १ तले घर र गोठमा अचानक आगलागी हुँदा घर र गोठ भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा फर्निचरका समानहरु पूर्णरुपमा करिव २ लाख बरावरको जलि नष्ट भएको ईलाका प्रहरी कार्यालय बिष्णुपरकट्टी सिरहाले बताएको छ ।

तपाईको प्रतिक्रिया