उदयपुर कारागारबाट ८ जना कैदी बन्दीले पाए आममाफी
उदयपुर । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार उदयपुर करागारबाट ८ जना कैदी बन्दीले आममाफी पाएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदी बन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् । त्यस मध्येबाट उदयपुर कारागारबाट ८ जनाले आम माफी पाएर जेल मुक्त भएको उदयपुर कारागारका प्रमुख (जेलर) कुमार खड्काले बताए ।गृहमन्त्रालयले ५० प्रति...













