उदयपुर । उदयपुरको बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले विहिबार विहान २ बजेको समयमा चार सय केजी अवैध लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय पिकअप गाडी धनी तथा चालक गोकुल राई, सोही नगरपालिका ७ का २९ वर्षिय मनोज राई र सुनसरी बाराहाक्षेत्र नगरपालिका १ का २३ वर्षिय मनिष धामी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी शुभाष चन्द्र बोहराले बताउनुभयो ।

बेलका नगरपलिका–८ मा गाँजाको कारोबार तथा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा पक्राउ परेको एसपी बोहराले बताउनुभयो ।

उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ र चार थान मोबाइल समेत बरामद गरेको छ ।

लागुऔषध गाँजाको कारोबार तथा ओसारपसार गर्ने तीनै जनालाई लागु औषध ऐन २०३३ बमोजिम आवश्यक थप अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला अदालतबाट दिन १० दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया