उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) उदयपुरको अध्यक्षमा पशुपती चौधरी चयन हुनु भएको छ । संघको शनिबार गाईघाटमा भएको भेलाले चौधरीको अध्यक्षतामा ९१ सदस्य जिल्ला कमिटी चयन गरेको हो ।
कमिटीको वरिष्ठ उपाध्यक्षमा देबीमाया कटुवाल र उपाध्यक्षमा भगवती कार्की र साबित्रा दनुवार, सचिवमा उष्मा राई, सह सचिवमा बिमला कार्की र कोषाध्यक्षमा शकुन्तला बिक रहनु भएको छ ।
सदस्यहरुमा सशीकला चौधरी, उर्मिला चौधरी, विना भष्मा, सरिता लेखी, भुमा मोते, गिता दनुवार, विल कुमारी चौधरी, रंजिता वि.क., राधा मगर, नानु लेखी, सावित्रा दनुवार, रेनु थापा, सन्तोषी चौधरी रहेका छन् । 
निलम संगिता नेपाली, मन्जु परियार, भिमा भस्मा, शान्ति राई, रन्जना शेर्पा, गोमा मगर, मैया कटुवाल, सिला घिमिरे, दुखनी देवी चौधरी, तुलसी देवी चौधरी, चनचल कुमारी चौधरी, संगिता देवी चौधरी, अमन खातुन पनि जिल्ला सदस्यमा चयन भएको छ ।
राम कुमारी चौधरी, मेनु कार्की, भाग्य देवी चौधरी, किसनवती चौधरी, रेखा चौधरी, आशा चौधरी, मेनु कार्की, सरस्वती खत्री, करिमा राई, कविता खत्री, मिना चौधरी भगवती कार्की, राधा कार्की, मुगा राई, तारा श्रेष्ठ, लक्ष्मी राउत थापा (कटारी), राधा मगर, मिना तामाङ, गिता सार्की, निर्मला खप्तरी मगर, कल्पना श्रेष्ठ, शुभ खड्का (त्रिनपा ६) अनिता कार्की, सुजिता चौधरी निर्विरोध जिल्ला सदस्यमा चयन भएको छ ।
यस्तै विष्णु मगर, पम्फा मगर, पर्मिला वि.क., निशा कुमारी मगर, सुनिता मगर, मिरा कार्की, राधा कार्की (भगती), पार्वता खतिवडा, सरस्वती चौधरी (चौदण्डीगढी नपा १०) फुलावती चौधरी, सकुन्तला चौधरी, शान्ति देवी चौधरी, अनुसा मगर, विनिता राई, मुना कुमारी खत्री, मित्री परियार, यसोदा परियार, मिना चौधरी, फुलवती चौधरी, रमावती चौधरी, ललिता चौधरी, शिला चौधरी, मनु चौधरी, सोमा चौधरी जिल्ला सदस्य भएका छन् ।
शिला लोहनी, रेनु थापा, सदिक्षा राई, अनिता कार्की, दिलिपा राई, कविता अधिकारी, विमला वि.क., यरुमका राई, हिरामाया शाही, दिलिपा राई, लिला चौधरी, राधा चौधरी, गिता चौधरी, रमा खड्का, अमृता खड्का, सुनिता भगत, सिमा चौधरी र गायित्रा ढुंगाना जिल्ला कमिटी सदस्यमा चयन भएको छ ।
त्यसै गरी भेलाले ५१ सदस्यीय त्रियुगा नगर कमिटीको पनि चयन गरेको छ । नगर अध्यक्षमा रिना रोक्का उपाध्यक्ष मैयाँ कटवाल र चाँदनी चौधरी सचिवमा तारा श्रेष्ठ र सहसचिव अर्चना चौधरी र कोषाध्यक्ष बिनिता राई चयन हुन भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी १ नम्बर प्रदेश अध्यक्ष बलदेव चौधरीले महिलाहरूको सहभागिता बिनाको कुनै पनि कार्यक्रम खल्लो हुने र महिलाहरू राजनीतिमा अघि नआएसम्म देशको विकास सम्भव नहुने दाबी गर्नुभयो । नेकपा एमालेले एमसिसी भित्राएर देशै बेच्न थालेकोले त्यसको विरुद्ध हामी सवै एकजुट हुनु पर्ने चौधरीले बताए ।
“नेपालमा एमसिसी चाहिँदैन, संसदबाट एमसिसी पास भए देश बर्वाद हुन्छ, हामी सुन्दर नेपाललाई वर्वाद हुन दिँदैनौ ।” नेता चौधरीले भने, “अमेरिकाले एमसिसी फिर्ता लिएर जाओस्, हामी भिख मंगा होइनौं ।”
कार्यक्रममा अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय सदस्य सुनिता चौधरी, गंगा कार्की लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।









