सुखिलाल चौधरी, उदयपुर । उदयपुरमा ५१ हजार ६ सय ७९ जना मतदाता थपिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उदयपुरमा ५१ हजार ६ सय ७९ जना मतदान गर्न सहभागी हुने भएका हुन् । उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी पुरुष मतदाताको संख्या १ लाख १५ हजार नौ सय ५१ जना र महिला मतदाताको संख्या १ लाख ६ हजार दुई सय १९ जना गरी २ लाख २७ हजार १ सय ७० मतदाता पुगेको छ । २०७४ सालको निर्वाचनमा १ लाख ७५ हजार ४ सय ९१ जना रहेको थियो ।नगरपालिका मध्ये जिल्लाको सदरमुकाममा अवस्थित त्रियुगा नगरपालिका गाईघाटमा सबैभन्दा बढी मतदाता थपिएको निर्वाचन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालले जानकारी दिए । बरालका अनुसार त्रियुगा नगरपालिकामा १३ हजार ६२ मतदाता थपिएर ६० हजार ६ सय ५७ मतदाता पुगेको छ । जसमा दुई जना तेस्रो लिङ्गी पनि थपिएको छ ।

यस्तै, दोस्रोमा चौदण्डीगढी नगरपालिका पर्दछ । चौदण्डीगढी नगरपालिकामा ९ हजार ९३ जना मतदाता थपिएर ३९ हजार ३ सय ४१ मतदाता पुगेको छ । बरालका अनुसार तेस्रोमा कटारी नगरपालिका पर्दछ । यस नपामा ९ हजार १ सय ५६ मतदाता थपिएका छन् । अहिले ३९ हजार २ सय ४६ मतदाता पुगेको छ । चौदण्डीगढीमा पुरुष भन्दा महिला मतदाता बढी छ । पुरुष १९ हजार ४ सय ५० मतदाता छ भने महिला १९ हजार ८ सय ८१ मतदाता रहेको छ ।

यस्तै बेलका नगरपालिकामा ८ हजार ८ सय ८२ मतदाता थपिएर ३३ हजार ४ सय ७७ मतदाता पुगेको छ ।

यसैगरी गाउँपालिका मध्ये सबैभन्दा बढी उदयपुरगढी गाउँपालिकामा मतदाता धेरै मतदाता छन् । यस गाउँपालिकामा ४ हजार ६ सय ११ जना मतदाता थपिएर २० हजार ४ सय ४२ जना मतदाता पुगेको छ । यस्तै रौतामाई गाउँपालिकामा ३ हजार १ सय ३८ मतदाता थपिएर १५ हजार ९ जना मतदाता पुगेको छ ।

जिल्लाको विकट क्षेत्रमा पर्ने ताप्ली र लिम्चुङबुङ गाँउपालिकामा सानो संख्यामा मतदाता छन् । ताप्लीमा गाउँपालिकामा १० हजार १ सय २२ र लिम्चुङबुङ गाउँपालिकामा ८ हजार ८ सय ७६ मतदाता पुगेको छ । ताप्लीमा १ हजार ८ सय २४ र लिम्चुङबुङमा १ हजार ९ सय १३ मतदाता थपिएको छ ।

अहिले थपिएकोका मतदातामा केहि थपघट हुन सक्ने निर्वाचन कार्यालय प्रमुख बरालले जानकारी दिए । अहिले नै अन्तिम मतदाता नामावली नआई पुगेकोले थपघट हुन सक्ने बताए ।

 

तपाईको प्रतिक्रिया